Rule 55
भू–उपयोगिता प्रणाली लागू गर्ने
(१) व्यवस्थापन योजनामा भू–उपयोगिता प्रणाली लागू गर्नु पर्ने भनी तोकिएको क्षेत्रका जग्गामा परिषद््ले सम्बन्धित समितिको सहमति लिई कार्ययोजना अनुसार भू–उपयोगिता प्रणाली अपनाई कुनै वाली लगाउन वा फलफूल
खेती गर्न वा रुख विरुवा वा घाँस लगाउन वा अन्य कुनै कार्य गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम भू–उपयोगिता प्रणाली अपनाई कार्यहरू गर्ने व्यक्तिलाई परिषद्ले प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउन सक्नेछ ।